मृत्यु भएका शेयर सदस्यको ४ लाख बढी कर्जा मिनाहा
![मृत्यु भएका शेयर सदस्यको ४ लाख बढी कर्जा मिनाहा](https://annapurnapost.prixacdn.net/media/albums/20221112_122247_20221112142148_hE4YU8kcWx.jpg)
झापा : कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले मृत्यु भएका शेयर सदस्यको सम्पूर्ण कर्जा मिनाहा गरेको छ।
कर्णाली साकोसका शेयर सदस्य, ओम डेन्टल भद्रपुरका सञ्चालक भद्रपुर- १० निवासी डा. सुमनकुमार ढकालको मृत्यु पश्चात् उनले लिएको सम्पूर्ण कर्जा संस्थाले मिनाहा गरेको हो। सुमनसहित उनका श्रीमती मेनुका र छोरी सुवानी पनि संस्थाको शेयर सदस्य हुन्।
उनका परिवारजनले ५ लाख रुपैयाँ कर्जा लिएकोमा सावा र ब्याज गरी ४ लाख ४९९ रुपैयाँ तिर्नुपर्ने देखिन्थ्यो। संस्थाले कर्जा सुरक्षण कोषबाट तिर्नुपर्ने सबै रकम मिनाहा गरेको कर्णाली साकोस सेवा केन्द्र भद्रपुरका प्रमुख रविन कार्कीले जानकारी दिए।
संस्थाका पदाधिकारी तथा कर्मचारीहरूले शनिबार उनको घरमै पुगेर समवेदना प्रकट गर्दै कर्जा मिनाहाको कागज र काजकिरिया खर्च बापत नगद ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो।
नगद रकम र कर्जा मिनाहाका कागज संस्थाका जिल्ला सचिव भूपाल बस्नेतले वाचन गर्दै परिवारजनका सदस्यलाई हस्तान्तरण गरेका थिए। डेन्टल डा. सुमनको ३१ वर्षको उमेरमा कार्तिक २० गते निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)