जिल्ला प्रशासन कार्यालय मकवानपुरले ५ दिन अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले ५ दिन अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंसिर १ देखि ५ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्ने जनाएको छ। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कार्यालयमा कार्यरत रहेका कर्मचारीहरू मतदान केन्द्रमा खटिएकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नहुने सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कंडेलले जानकारी दिए। 

उनका अनुसार निर्वाचन अवधिभर शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा मात्रै प्रवाह गरिनेछ। त्यसबाहेक नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट र विभिन्न सिफारिस तथा अन्य सम्पूर्ण सेवाहरू प्रवाह नहुने जनाइएको छ। 

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। 

सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको पहिचान गरी त्यहाँ आवश्यक सुरक्षाको प्रबन्ध मिलाइसकिएको उनले बताए। 

उनले निर्वाचनलाई कसरी निस्पक्ष बनाउने भन्ने सन्दर्भमा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रतिनिधिहरू, मतदान केन्द्रमा खटिने कर्मचारीहरू, नागरिक समाज, सञ्चार क्षेत्र र राजनीतिक दललगायतसँग छलफल तथा समन्वय भइरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.