देश विकास गर्न गठबन्धन नै चाहिन्छ: प्रधानमन्त्री देउवा

देश विकास गर्न गठबन्धन नै चाहिन्छ: प्रधानमन्त्री देउवा

डडेल्धुरा: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास गर्न गठबन्धन कै सरकार चाहिने बताएका छन् । 

गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका-३ बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधामन्त्री देउवाले संविधान मिचिने खतरा बढेपछि गरिएको गठबन्धन देशको विकासका लागि टिकाउनुपर्ने बताए । 

संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ। गठबन्धन जोगाउन मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनले मतदातासँग अपिल गरेका छन् । 

उनले भने, ‘तपाइँहरूलाई थाहा छ । केपी ओलीले संविधान मिच्न खोज्नुभयो । त्यो पनि दुई/दुई पटक । उहाँहरूले गठबन्धनको सरकार बनाएपछि राजनीतिक स्थिरता होला, देशमा विकास होला, देश समृद्ध हुन्छ भन्ने हामीलाई लागेको थियो । तर, उहाँले उल्टो गर्नुभयो । दुःख गरेर बनाएको नयाँ संविधान र लोकतन्त्रको मर्म विपरीत प्रतिनिधि सभा विघटन गरेर देशमा फेरि राजनीतिक अस्थिरता ल्याउन खोजियो । त्यसबाट जोगिन र देशलाई बचाउन हामीले गठबन्धन गरेका हौँ ।'

प्रधानमन्त्रीले भने, 'डडेलधुराले मलाई ६ पटक जिताइसकेको छ । यसपटक पनि मलाई जिताउनु हुनेछ भन्नेमा विवश्वस्त छु।'

चुनावी प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा बुधबार दोस्रो पटक गृहजिल्ला डडेल्धुरा पुगेका हुन् । चुनाव अवधीसम्म उनी डडेल्धुरा नै बस्ने योजना छ । पहिलो चरणमा चार दिन जिल्ला बसेका  देउवले स्थानीय तहका सात पालिकामाा आयोजित सभालाई सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.