उम्मेदवारको पर्खाइमा मतदाता

उम्मेदवारको पर्खाइमा मतदाता

दोलखा : दोलखाका दुर्गम दुई हिमाली गाउँ लप्ची र बेदिङका मतदाता निर्वाचन आउन २ दिन बाँकी हुँदासम्म पनि उम्मेदवारहरू मत माग्न आउँछन् कि भन्ने आशामा देखिन्छन्। उम्मेदवार मत माग्न आए दुर्गम गाउँमा भोग्नुपरेको पीडा सुनाउने उनीहरूको चाहना छ।

दोलखाको विगु गाउँपालिका–१ लप्चीका स्थानीय ८३ वर्षीय लमुदावा शेर्पालाई निर्वाचनका बेला मत माग्न गाउँमा उम्मेदवार आएको अहिलेसम्म याद छैन। यसपटक उम्मेदवार आउँछन् कि भन्ने आसमा छु,’ लमुदावाले भने, ‘यातायातको समस्याले हामी बिरामी हुँदा उपचार गर्न सहज ढंगले स्वास्थ्यचौकीसम्म पनि जान सक्दैनौं। न टेलिफोनकै सुविधा छ। हाम्रो समस्या बुझ्न एकपटक पनि गाउँ नआउने उम्मेदवारलाई कसरी मत दिनु।’ दोलखाकै गौरीशंकर–९ बेदिङमा पनि अहिलेसम्म उम्मेदवारहरू नआएको स्थानीय दावाछिरिङ शेर्पाले बताए।

‘उम्मेदवारहरू यहाँ आए सडक, विद्यालय जस्ता भौतिक पूर्वाधारको लागि सहयोग चाहियो भन्ने मन छ। तर, ख्वै अहिलेसम्म कोही आएका छैनन्,’ शेर्पाले भने। विगु गाउँपालिका–१ लप्चीमा ४६ घरधुरी तथा १ सय ५० जनसंख्या रहेको लप्चीमा ६१ जना मतदाता छन् । बेदिङमा ९१ जना मतदाता छन्। लप्ची पुग्न सडकले छोएको अन्तिम गाउँ लामाबगरबाट दुई दिन हिँड्नुपर्छ। बेदिङ पुग्न सिमिगाँउबाट दुई दिन हिँड्नुपर्छ। 

मतदाता कम रहेको र धेरै हिँड्नुपर्ने भएकाले पनि उम्मेदवारले हिमाली गाउँलाई प्राथामिकतामा नराखेको स्थानीयको गुनासो छ। राजनीतिक दलहरूले बेदिङका वासिन्दालाई भोट बैंकका रूपमा प्रयोग गरेको तर गाउँको विकासमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.