जुम्लामा जीप दुर्घटना, सहायक मतदान अधिकृतसहित ८ जना घाइते
![जुम्लामा जीप दुर्घटना, सहायक मतदान अधिकृतसहित ८ जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_jwvJqnNj9a.jpg)
मुगु : जुम्लामा जीप दुर्घटना हुँदा सहायक मतदान अधिकृतसहित ८ जना घाइते भएका छन्।
जनजागृति मावि ताम्तीस्थित मतदान केन्द्रमा खटिएका कर्मचारी र मतदान सामग्री बोकेको भे १ च २१८८ नम्बरको जीप तिला गाउँपालिका- ४ राउतबाडामा दुर्घटना हुँदा सहायक मतदान अधिकृतसहित ८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीले अन्नपूर्णलाई जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)