पाल्पामा मतदानको तयारी पूरा
पाल्पा : पाल्पामा मतदानको तयारी पूरा भएको छ। जिल्लाका ११८ मतदान स्थलका २४६ वटै मतदान केन्द्र कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन्।
मतदान केन्द्रमामा खटिएका मतदान अधिकृत तथा कर्मचारीले सर्वदलीय बैठक राख्ने काम गरेका छन्। सबै मतदान केन्द्रमा मतदानका लागि संरचना निर्माण गरिएका छन्।
सबैजसो मतदान केन्द्रमा मतदाताहरूलाई लाइनमा लगाउने, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, महिला, फरक क्षमता भएका व्यक्तिका लागि छुट्टाछुट्टै लाइन लाग्ने व्यवस्था मिलाइएको छ।
मतगणना स्थलमा सीसीटीभी जडान गर्ने, तारबार जाली लगाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताए।
पाल्पामा २ लाख १ हजार ३ सय मतदाता रहेका छन। ११८ मतदान स्थल, २४६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहेका छन्।
प्रतिक्रिया दिनुहोस !