धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटामा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु

धनकुटा : मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा खटिएकी एक जना महिला कर्मचारीको गएराती मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका खरखोलेकी सीतादेवी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षिका पवित्रा याखा लिम्बुको मृत्यु भएको हो। 

उनी साँगुरीगढी गाउँपालिका ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी थिइन् । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बु अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले बताए । 

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको पोखरेलले बताए । उच्च रक्तचापको समस्या रहेकी लिम्बु सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.