भीमफेदीमा पुरुषको शव फेला
हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर– ८ ईपास्थित गंगटे जंगलमा एक जनाको शव फेला परेको छ । शुक्रबार साँझ हेटौंडा– ८ निवासी २५ वर्षीय कृष्ण मोक्तानको शव जंगलको खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
भीमफेदी र बकैयाँ गाउँपालिकाको सिमानामा पर्ने लटरम्भेश्वर मन्दिर जाने बाटोबाट करिब ५ सय मिटर तल खोल्सामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानबाट मोक्तानको लडेर मुत्यु भएको हुनसक्ने अनुमान गरिए पनि एकिन भने भइनसकेको प्रवक्ता कार्कीले बताए । मोक्तानको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालस्थित शव गृहमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !