कुरीतिको जालो तोड्दै किशोरी

कुरीतिको जालो तोड्दै किशोरी

सुर्खेत : दैलेखको गुराँस गाउँपालिकाका किशोरी/महिला महिनावारी हुँदा घरभित्र पस्न पाउँदैनथे। महिनावारीमा स्कुल छुट्थ्यो। छोराछोरीमाथि पनि विभेद भएको थियो। 

बालविवाहका कारण किशोरीहरू विद्यालय पढ्ने उमेरमै आमा बन्थे। बालिका आमामा शारीरिक तथा मानसिक समस्या हुन्थे। धार्मिक अन्धविश्वासले गाउँमा जरा गाडेको थियो। बालश्रमका कारण धेरै बालबालिका विद्यालय नियमित हुन सकेका छैनन्। 

गुराँस गाउँपालिका–५ की किशोरी मञ्जु विकले गाउँमा आएको सकारात्मक परिवर्तनबारे भनिन्, ‘हिजोआज भने परिवर्तनका संकेतहरू देखिन थालेका छन्। स्थानीय किशोरीहरू नै गाउँमा रहेको सामाजिक कुरीति र अन्धविश्वासको जालो तोड्न सक्रिय बनेका छन्।’

कुसंस्कारविरुद्ध किशोरीहरू नै जुटेपछि अहिले अभिभावकहरू पनि सचेत बनेका छन्। गाउँमा सामाजिक कुरीतिका रूपमा रहेका बालविवाह, छाउपडी कुप्रथा, अन्धविश्वास र बालश्रम अन्त्यका लागि किशोरीहरूले आफ्ना अभिभावकलाई नै जम्मा गरेर पढाउन थालेका छन्। 

किशोरीहरूले सचेतना कक्षा सञ्चालन गरेपछि स्थानीय अभिभावक र बालबालिकासँगै बसेर छलफल गर्न थालेका छुन्। बिदाको दिनमा किशोरीहरूले बालबालिका र अभिभावकलाई विद्यालयमा जम्मा गरेर पढाउँछन्। किशोरीहरूले सञ्चालन गर्ने कक्षा र टोलमै पुगेर दिने सचेतनाका कारण गाउँमा सामाजिक विकृति र कुरीतिविरुद्धको अभियान सफल बन्न थालेको हो। किशोरीले बारम्बार कक्षा दिने र अभियान चलाएपछि अहिले स्थानीय अभिभावकले उमेर नपुग्दै आफ्ना सन्तानको विवाह नगर्ने, छाउ नबार्ने, महिनावारीको समयमा महिला र किशोरीको स्वास्थ्यमा चासो दिने, छोरा र छोरीबीच विभेद नगर्ने र कुनै पनि बालबालिकालाई बालश्रममा नलगाउने कसम नै खाएका छन्। 

विकका अनुसार किशोरीले सञ्चालन गर्ने सबै टोलका बैठकमा अभिभावक र बालबालिका सहभागी हुने गरेका छन्। उनले भनिन्, ‘गाउँमा छाउ बार्ने चलन थियो। बालविवाह गर्ने लहर नै चलेको थियो तर हाम्रो अभियानले अभिभावकहरू सचेत हुनुभएको छ। अचेल गाउँमा छाउ बार्ने र बालविवाह गर्ने क्रम कम भएको छ।’ 

अर्की किशोरी भावना भण्डारी महिनावारी बार्ने र गोठमै सुताउने चलनविरुद्ध आफूहरूले अभिभावकलाई सचेत गराएको जिकिर गरिन्। ‘गाउँमा महिनावारी हुँदा बार्ने चलन थियो’ उनले भनिन्, ‘महिला र किशोरीले महिनावारी हुँदा घरभित्र पस्नै पाउँदैनथे तर हामीले सबै अभिभावकलाई यसबारे कक्षामार्फत सचेत गरायौं। 

अहिले महिनावारी बार्ने क्रम घटेको छ, यो कक्षाले समाजमा सकारात्मक परिवर्तन देखाप¥यो।’ शनिबार र बिदाको दिनमा किशोरीहरूले गाउँका अभिभावक र बालबालिकालाई सँगै राखेर सचेत गराउँदै आएका छन्। स्थानीय किशोरी कमला भण्डारीले यस्ता अभियानलाई निरन्तरता दिइनुपर्ने बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.