पानी ट्याङ्करले ठक्कर दिँदा बालकको मृत्यु
भक्तपुर : भक्तपुर नगरपालिका-२ ब्यासीमा पानी ट्याङ्करले ठक्कर दिँदा बालकको मृत्यु भएको छ।
कासन पुलमा शनिबार झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं. को पानी ट्याङ्करले ठक्कर दिँदा रामेछाप सुनापाती गाउँपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रवीन्द्र तामाङको ७ वर्षीय छोरा बिवेश तामाङको मृत्यु भएको हो।
सडकमा खेलीरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए।
प्रतिक्रिया दिनुहोस !