मैले मतदान गरें, तपाईहरु पनि ढुक्क भएर मतदान गर्नुहोस् : प्रधानमन्त्री
डडेलधुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानमा सहभागी हुन आम मतदातालाई अपील गरेका छन् । देउवाले आफ्नै जन्मथलो गन्यापधुरा गाउँपालिका- १ को अशिग्राम माध्यमिक विद्यालय रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
देउवाले आफूले मतदान गरेको भन्दै आम मतदातलाई मतदानमा सहभागी हुन अनुरोध गरे । देउवाले मतदानपछि सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले मतदान गरें, तपाईहरु पनि मतदानमा सहभागी हुनुहोला ।’
देउवाले मतदानपछि स्थानीयसँग छलफल गरेका छन् । देउवा हरेक निर्वाचनमा जन्मथलो रूवाखोलाबाट नै मतदान गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !