धनकुटा कारागारमा मतदान सकियो
मंसिर ४, २०७९ आइतबार १२:१०:०
धनकुटा : धनकुटा कारागारमा मतदान सकिएको छ। कारागारमा रहेका रहेका ८८ कैदीबन्दीमध्ये ४० जनाले मतदान गरेका छन्।
प्रतिनिधिसभा समानुपातिकमा उनीहरूले मतदान गरेका हुन्।
जिल्ला कारागार धनकुटाका प्रमुख तथा मतदान अधिकृत शिवकुमार श्रेष्ठले बताए।