१०१ वर्षीया हर्कमाया अधिकारीले मतदान गरिन्
धनकुटा : १ सय १ वर्षीया हर्कमाया अधिकारीले मतदान गरेकी छिन्। धनकुटा नगरपालिका-१० सिद्धदेवी आधारभूत विद्यालयको मतदान केन्द्र उनले मतदान गरेकी हुन्।
शारीरिक रूपमा असक्त रहेकी उनलाई परिवारका सदस्यहरुले स्ट्रेचरमा राखेर मतदान स्थलसम्म ल्याएका थिए। उनको घर मतदान स्थलभन्दा करिब डेढ सय मिटर टाढा छ।
ज्येष्ठ नागरिक अधिकारीले बिहान साढे ८ बजे मतदान गरेको प्रत्यक्षदर्शी बलराम दाहालले बताए। मत हाल्न पाउँदा उनको अनुहार हसिलो देखिएको उनले बताए।
तर, त्यहाँको मतदान केन्द्र ज्येष्ठ नागरिक मैत्रीपूर्ण नहुँदा असहज भएको देखिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !