सर्लाहीको गोडैतामा झडप, एकको मृत्यु

सर्लाहीको गोडैतामा झडप, एकको मृत्यु

मलंगवा : सर्लाहीको गोडैता नगरपालिका-६ मा शनिबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। 

अबेर राति झडप हुँदा ६५ वर्षीय रामकेवल रायको मृत्यु भएको छ। झडपमा ढुङ्गा हानाहानमा भएको थियो। 

ढुङ्गा लागेर गम्भीर घाइते भएका रायको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका अन्य ४ जनाको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.