धनकुटामा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

धनकुटामा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

धनकुटा : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। 

जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार जिल्लाभरिका १ सय १९ मतदान स्थलका १ सय ६२ मतदान केन्द्रबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको हो। 

जिल्लामा महिला ५८ हजार ५ सय ४६ र पुरुष ५८ हजार ४ सय ४५ गरी कुल १ लाख १६ हजार ९ सय ९१ जना मतदाता थिए। 

बिहान ७ बजेदेखि भएको मतदान कार्य साँझ ५ बजे सम्पन्न भएको थियो। अहिले सर्जिमिन मुचुल्का उठाएर मतपेटिकालाई सिल गरी सदरमुकामस्थित सामुदायिक भवनको रहेको मतगणना स्थलमा ल्याउने क्रम जारी छ। 

सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको छ। मतगणना स्थलमा सबै मतपेटिका राति १२ बजेभित्र आइपुग्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए। 

उनका अनुसार भौगोलिक विकटता कारण कतिपय मतदान स्थलबाट मतपेटिका ल्याउन कठिन छ। उनका अनुसार सबैभन्दा टाढा रहेको मतदान स्थल छ नं. बुधवारे हो। 

मतगणना स्थललाई तारजालीले घेरावार गरिएको छ भने सीसीटीभी जडान गरिएको उनले बताए।

त्यस्तै धनकुटा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाले मतदान गरेका छन्। कारागारमा ८८ जना कैदीबन्दी छन्। तीमध्ये ४० जना कैदीबन्दी र त्यहाँ खटिएका दुई जना गरी ४२ जनाले मतदान गरेका हुन्। 

यसैगरी धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा ७२ जनाले मतदान गरेका छन्। 

९ सय ३१ जना मतदाता थिए। यो केन्द्रमा धनकुटा सदरमुकाममा रहेका कर्मचारीलाई मतदान गर्ने व्यवस्था गरिएको थियो।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.