हेलिकोप्टरको व्यवस्था नहुँदा तीन पालिकाका मतपेटिका पैदलमार्फत
मुगु : मुगुको तीनवटा पालिकाका मतपेटिका सदरमुकाम ल्याउन समय लाग्ने भएको छ।
छाँयानाथ रारा नगरपालिकाबाहेक अन्य पालिकाको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने भनिएपनि व्यवस्था नभएपछि पैदलमार्फत ल्याउन लागिएको हो।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार छाँयानाथ रारा नगरपालिका भित्रका मतदान केन्द्रका मतपेटिकालाई आजै गाडीमार्फत गमगढी पुर्याइने छ।
खत्याड, सोरु र मुगुम कार्मारोङपालिकाका मतदान केन्द्रका मतपेटिका पालिकाको केन्द्रहरूमा जम्मा गरी पैदल मार्गबाट ल्याइने छ।
मुगुमा ७४ दशमलव ४९ प्रतिशत मत खसेको छ।