विद्यार्थी नेता चेतन अएडीको मृत्युपछि मार्तडी बजार तनावग्रस्त

विद्यार्थी नेता चेतन अएडीको मृत्युपछि मार्तडी बजार तनावग्रस्त

बाजुरा : आइतबार बाजुराको त्रिवेणी नगरपालिका-७ मा मतदानका क्रममा उत्पन्न विवादका कारण दुईजनाको मृत्यु भएपछि बाजुरा सदरमुकाम मार्तडी तनावग्रस्त भएको छ।

त्रिवेणी-७ मा नाटेश्वर मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको थियो।

सोही विषयलाई लिएर कांग्रेस कार्यकर्ताहरुले आइतबार राति एमालेका विद्यार्थी नेता चेतन अएडीको घरमै गएर कुटपिट गरेका थिए।  उपचारका क्रममा उनको अछामको बयलपाटा अस्पतालमा आज मृत्यु भएको हो।

विद्यार्थी नेता अएडीको कुटपिट गरी हत्या भएपछि मार्तडी बजार तनावग्रस्त बनेको छ। 

मार्तडीमा बिहानदेखि एमालेका कार्यकर्ताले नाराबाजी र टायर बालेर प्रदशर्न गरिरहेका छन्। मार्तडी बजार सुनसान छ। स्थानीय त्रसित छन्।

प्रदर्शनकारीहरुले साँफे- मार्तडी खडक खण्डमा समेत गाडि चल्न दिएका छैनन्। उनीहरुले मृतक अएडीको न्याय र सुरक्षामा लापरबाही गर्ने सुरक्षाकर्मीलाई कारबाहीको माग गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.