लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता
बेंसीसहर : लमजुङको प्रतिनिधिसभामा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन्। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ४ सय २१ मतले पछाडी पार्दै पृथ्वीसुब्बाले अग्रता लिएका हुन्।
४ हजार ८ सय ९८ मतगणना हुँदा पृथ्वीसुब्बाले २ हजार ५ सय ८ र देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन्। मंगोल नेश्नल अर्गनाईजेसनका कमल गुरुङले ७०,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ६८ मत ल्याएका छन्।
राप्रपाका बालचन्द्र श्रेष्ठले २३ मत, जसपाका नरेन्द्रबहादुर गुरुङले ५ मत पाएका छन्। १ सय ३४ मत बदर भएको छ। दिउँसो पौने ३ बजेबाट मतगणना सुरु भएको थियो। प्रतिनिधिसभातर्फ दुई ठाउँ र प्रदेशतर्फ १/१ ठाउँमा मतगणना गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।
प्रतिनिधिसभातर्फ दूधपोखरी र क्ब्होंलासोथर गाउँपालिकाबाट मतगणना गरिएको छ। कुल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत मत खसेको छ।
लमजुङमा प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, नेकपा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसीसहित ९ जना चुनावी प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया दिनुहोस !