कालिकोटमा मतगणना सुरु
![कालिकोटमा मतगणना सुरु](https://annapurnapost.prixacdn.net/media/albums/matadan-vote_20221102115237_kGTXmzMAXi.jpg)
कालिकोट : कालिकोटमा मतगणना सुरु भएको छ। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मंगलबार २ बजेबाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
विकटता र यातायात असुविधाका कारण मतपेटिकाहरू सदरमुकाम ल्याउन समय लागेपछि गणना ढिलाइ भएको हो।
त्यसपछि महाँवै गाउँपालिका, तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका गणना गरिनेछ। त्यसपछि प्रदेश सभा 'ख' कोसान्नी त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका र अन्तिममा नरहरिनाथ गाउँपालिका गणना गरिनेछ।
जिल्लामा प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नगिन्द्र शाही नेशनल, स्वतन्त्र कासीचन्द्र बराल, राप्रपाका केन्द्रीय सहमाहामन्त्री धनबहादुर बुढा, नेमकिपाका जिल्ला अध्यक्ष खड्गराज शाही, नेका बिपी पंखबहादुर बिष्ट, स्वतन्त्र धनप्रसाद पाण्डे प्रतिस्पर्धामा छन।
यस्तै प्रदेश सभा (क) मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता दुर्गबहादुर रावत, नेकपा एमालेबाट कुर्मराज शाही, राप्रपाबाट सूर्यबहादुर शाही, नेमकिपाबाट रवीन्द्र शाही प्रतिस्पर्धामा छन्।
यस्तै प्रदेश सभा (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता हिक्मतबहादुर बिष्ट, नेकपा एमालेबाट वीरेन्द्र बोगटी, नेकपा एकीकृत समाजवादीबाट विश्वराज बम, नेका बिपीबाट कर्णबहादुर बिष्ट, स्वतन्त्र लक्ष्मण बम प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)