१७ हजार मतगणना हुँदा राजेन्द्र ११ सय मतले अगाडि

१७ हजार मतगणना हुँदा राजेन्द्र ११ सय मतले अगाडि

धनकुटा : प्रतिनिधिसभातर्फ १७ हजार २ सय ४७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई गठबन्धनका उम्मेदवार सुनिलबहादुर थापाभन्दा ११ सय १९ मतले अघि छन्। 

नेकपा एमालेका उम्मेदवार राईले ७ हजार ६ सय २ मतले अघि बढ्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पूर्वमन्त्री समेत रहेका थापा ६ हजार ४ सय ८३ मतका साथ पछ्याइरहेका छन्। 

त्यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले १ हजार ९ सय २४ मत ल्याएका छन्। १७ हजार २ सय ४७ मत गणना हुँदा ५ सय ८१ मत बदर भएर १६ हजार ६ सय ६६ मत सदर भएको छ। 

त्यस्तै प्रदेश क तर्फ नेकपा एमालेका निरन कुमार अग्रस्थानमा छन्। उनले ४ हजार १ सय २३ मतका साथ अघि बढ्दा उनका निकटम् प्रतिद्वन्द्वी जसपाका उम्मेदवार तथा पूर्वमन्त्री रकम चेम्जोङले २ हजार ८ १९ मतका साथ पछ्याइरहेका छन्। 

त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एसका अर्जुन राई १ हजार ३ सय ३६ सहित तेस्रोमा छन्। सो क्षेत्रमा ८ हजार ८ सय २६ मत गणना हुँदा ३ सय ३ मत बदर भएको छ भने ८ हजार ५सय २३ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यता प्रदेश ख तर्फ नेकपा एमाले उम्मेदवार इन्द्रमणी पराजुलीले नै अग्रता लिइरहेका छन्। उनले ३ हजार ९ सय १ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ कुसुमकुमारी श्रेष्ठले ३ हजार १ सय ७२ मत प्राप्त गरेकी छिन्। 

यस क्षेत्रमा ८ हजार ४ सय २७ मतगणना भइसकेको छ। जसमा ८ हजार ३ सय १७ मत सदर हुँदा २ सय १० मत बदर भएको छ। 
जिल्लाको कुल ६० वडा मध्ये १३ वडाको मतगणना भइसकेको छ। 

अहिले महालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकाको विभिन्न वडाको मत गणना भइरहेको छ। ९ वडा रहेको महालक्ष्मी नगरपालिकाको १ देखि ७ वडासम्मको मत गणना भइसकेको छ। भने चौविसेको ८ वटै वडाको मत गणना भइसकेको छ। 

धनकुटा नगरपालिकाको वडा नं. १ को मतगणना जारि छ। धनकुटामा कुल मतदाता मध्ये ५९.४० प्रतिशतले मात्रै मतदान गरेका छन्। १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको धनकुटामा ६९ हजार ४ हजार ९३ जनाले मत हालेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.