बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरीको अग्रता
गुलरिया : प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्रका) उम्मेदवार सुरेश पन्थलाई ७ हजार २ मतले पछिपार्दै चौधरीले अग्रता लिएका हुन्।
चौधरीले २० हजार ६६४ र पन्थले १३ हजार ६६२ मत प्राप्त गरेका छन्। बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गणना गरिएको ५१ हजार ३५६ मत गणना भइसकेको छ भने बाँकी मत गणना भैरहेको छ।
जसमध्ये नेकपा एमालेका पंकजसिंह राठौर ८ हजार २०५ मत र राप्रपाका विनय रावलले ४ हजार १७ मत प्राप्त गरेका छन्। गणना गरिएको मतमध्ये हालसम्म २ हजार ८९० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन बर्दिया क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ती पार्टीबाट उम्मेदवारी दिएका रेशम चौधरीको मनोनयन खारेज भएपछि पार्टीले चौधरीलाई समर्थन गरेको थियो। लालविर रेशम चौधरीका बाबु हुन्। स्वतन्त्र उम्मेदवार चौधरीले चुनाव चिह्न चापाकल (धारा) रोजेका थिए।
प्रतिक्रिया दिनुहोस !