प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा : डडेल्धुराको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३२ हजार ७०० मतगणना हुँदा १६ हजार ११८ मत पाएका छन्। 

उनी सुरूवाती चरणवाट नै अग्रस्थानमा छन्। देउवा दोब्बर मतले अगाडि छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै आएका छन्। सागरले ८ हजार ६०० मत ल्याएर दोस्रो स्थानमा छन्। 

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनाव लड्न गुल्मीबाट डडेल्धुरा पुगेका हुन्। अब १८ हजार ९६० मतगणना हुन बाँकी छ। नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ४ हजार ७०१ मत ल्याएर तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

डडेल्धुरामा २ हजार ७२ मत बदर भएको छ। प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै  प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.