प्रधानमन्त्री देउवाले सातौं पटक जिते निर्वाचन

प्रधानमन्त्री देउवाले सातौं पटक जिते निर्वाचन

डडेल्धुरा : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौंपटक जीत हासिल गरेका छन्। ४ गते सम्पन्न भएको निर्वाचनको मतगणना सकिएसँगै देउवाले सातौंपटक जीत हासिल गरेका हुन्।

कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्। अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएका मुख्य निर्वाचनको कार्यालयले जनाएको छ।

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस-५ मटेला, रुवाखोलामा जन्मिएका हुन्। २०१७ सालदेखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विध्यार्थी संघको पहिलो निर्वाचित अध्यक्षसमेत हुन्। 

२०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए। देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए। अहिले सातौंपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जीत हासिल भएको कांग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए। 

प्रधानमन्त्री देउवाले मुलुकमै सबैभन्दा बढी र निरन्तर निर्वाचनमा अपराजित नेताका रूपमा इतिहास निर्माण गरेका छन्। उनको जीत सँगै डडेल्धुराका मतदाता हर्षित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.