विश्वप्रकाश शर्मा जित नजिक, खरेलभन्दा १२ हजार ६८० मतले अगाडि
झापा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा जित नजिक पुगेका छन् ।
पछिल्लो मतगणनाअनुसार झापा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका कांग्रेस महामन्त्री शर्मा नेकपा एमालेका अग्निप्रसाद खरेलभन्दा १२ हजार ६८० मतान्तरले अगाडि छन् ।
शर्माले ३४ हजार ५०८ मत ल्याउँदा खरेलले २१ हजार ८२८ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ६ हजार ७०५ मत पाएका छन्
प्रतिक्रिया दिनुहोस !