सर्लाही-१ (क) बाट महतो दोस्रो पटक निर्वाचित
मलंगवा : सर्लाहीको क्षेत्र नम्बर १ को (क) मा प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपेन्द्र महतो पूनः निर्वाचित भएका छन् ।
महतो नेकपा माओवादी केन्द्रका रामचन्द्र सिंह कुशवाहालाई पछि पर्दै दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले कुशवाहालाई २ हजार १ सय २८ मतले पछि पारेका छन् । महतोले १२ हजार २ सय ६५ मत ल्याएका छन् भने कुशवाहाले १० हजार १ सय ३७ मत प्राप्त गरेका छन्।