चितवनमा रवि लामिछाने तेब्बर मतले अगाडि
चितवन : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेब्बर बढी मतले अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लामिछानेले ३९ हजार २१६ मत प्राप्त गरेका छन्। उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा २५ हजार ७१३ मतान्तरले अघि छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन्।
नेकपा एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मत प्राप्त गरी तेस्रोमा छन्।
प्रतिक्रिया दिनुहोस !