पाल्पा-२(१) मा कांग्रेसका वीरबहादुर राना विजयी
तानसेन : पाल्पा क्षेत्र नं २ को १ प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना विजयी भएका छन्। कांग्रेस उम्मेदवार रानाले नेकपा एमालेका उम्मेदवार परशुराम भट्टराईलाई पराजित गरेका हुन्।
विजेता नेपाली कांग्रेसका वीरबहादुर राना १६ हजार ३९ मत पाएका छन भने उपविजेत बनेका नेकपा एमालेका उम्मेदवार परशुराम भट्टराई १३ हजार ९ सय ६४मत पाएका छन्।
विजेता रानाले २ हजार ७५ मतले एमाले उम्मेदवार भट्टराईलाई पराजित गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले कांग्रेस उम्मेदवार रानालाई विजेता घोषणा गरेका छन्।
विजेता नेपाली कांग्रेसका राना २०७४ सालमा लुम्बिनी प्रदेशको समानुपातिक प्रदेशसभामा मनोनित भएका थिए। हाल विजेता लुम्विनी प्रदेश सरकारको उर्जा जलश्रोत तथा सिंचाई मन्त्री रहेका छन्। विजेता श्रेष्ठ २०७० सालको दोस्रो संविधान निर्वाचनमा प्रतिनिधीसभा सदस्य पदमा पाल्पा क्षेत्र नं २ बाट तत्कालीन नेकपा एमालेका उम्मेदवार सोमप्रसाद पाण्डेसँग झिनो मतले पराजित भएका थिए।
प्रदेशसभा निर्वाचनमा मंगोलनेशनल अर्गनाइजेशनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७ मत, राष्ट्रिय प्रजातन्त्र पाटीका राजु गैरेले १ हजार ५ सय २० मत, राष्ट्रिय जनमुक्ति पाटीका टेक बहादुर राना मगरले ३ सय ५१ मत, जनता समाजवादी पार्टीका खिकबहादुर रेश्मीले १ सय ६३ मत र नेपाल मजदुर किसान पाटीका माधव अधिकारीले ७७ मत पाएका छन्।
पाल्पा क्षेत्र नं १ को प्रदेशसभा १ मा २३ वटा वडामा ५६ हजार १ सय २० मतदाता रहेकोमा ३४ हजार ५ सय २१ मत खसेको थियो जसमा ३३ हजार ७ सय ११ मत सदर र ८ सय १० मत बदर भएको थियो।
प्रतिक्रिया दिनुहोस !