कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी

कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी

पोखरा : कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्। निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै जित निकालेकी हुन्। 

भट्टराईले १६ हजार ९ सय ९८ मत पाउँदा प्रतिद्वन्द्वी स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन्। पोखराको मुख्य बजार क्षेत्रको मत गणना गर्दा कँडेलले सुरुआती मतगणनामा अग्रता बनाएका थिए। एमालेको पकट एरिया मानिने क्षेत्रको मत गणनापछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भइन्। 

सत्तारुढ गठबन्धनका उम्मेदवार संग प्रतिस्पर्धा हुने ठानिए पनि स्वतन्त्र पार्टीले उछिन्दै धेरै मत ल्याएपछि गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९ समतसहित तस्रो स्थानमा भए। 

विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकी भट्टराई कास्की २ बाट निर्वाचनमा जित्दै आएका रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि भएको उपचुनावमा उम्मेदवार बन्दै निर्वाचित भएर संसद यात्रा तय गरेकी थिइन्। विद्या स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.