सर्लाही -४ (क) बाट बीरेन्द्र विजयी
मलंगवा : सर्लाही क्षेत्र नं. ४ को (क) बाट सत्ता गठबन्धनका उम्मेदवार बीरेन्द्रप्रसाद सिंह निर्वाचित भएको छन्। नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका सिंहले एमाले–जसपा गठबन्धनका उम्मेदवार एमालेका नेता रामबाबु रायलाई एक हजार ७७ मतले पछि पार्दै निर्वाचित भएका छन्।
सिंहले १५ हजार ६ सय ९३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रायले १४ हजार ६ सय १६ मत ल्याएका छन्। सिंहको यो दोस्रो कार्यकाल हो।
प्रतिक्रिया दिनुहोस !
८