भक्तपुर-१ मा नेमकिपा, २ मा कांग्रेस विजयी

भक्तपुर-१ मा नेमकिपा, २ मा कांग्रेस विजयी

भक्तपुर: भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुलर्भ थापा प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । 

चार प्रदेश सभा सदस्यतर्फ भने नेमकिपा, कांग्रेस, एमाले र नेकपा एसले एकएक सदस्यमा जित हासिल गरेका छन् ।
 

भक्तपुर १ मा नेमकिपाका सुवालले निकटम प्रतिस्पर्धीले भने ३० हजारभन्दा बढी मतले जितेका हुन् । सुवालले ४२ हजार सात सय ५९ मत पाएका थिए । उनका निकटम प्रतिद्वन्दी एमालेका नवराज गेलाल ११ हजार नौ सय ५८ मतमै सिमित भए । यो क्षेत्रमा राप्रपाका भरतबहादुर खडकाले नौ हजार तीन सय तीन मत ल्याए भने सता गठबन्धनका तर्फबाट उम्मेदवार माओवादीका सुनिल गोठे पाँच हजार दुई सय ८३ मतमा खुम्चिए । 

उता भक्तपुर क्षेत्र नं २ मा भने नौ सय ५९ मतले नेपाली कांग्रेसका दुलर्भ थापाले जित निकाले । 
एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका थापा विजयी भएका हुन् । थापाले २४ हजार २३८ मतले विजयी हासिल भएका थिए भने बस्नेतले २३ हजार २७५ मतमा रोकिए । यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले तेस्रो भइन । 

यता भक्तपुर क्षेत्र नं १ क चाँगुनारायण क्षेत्रमा कांग्रेसका सुरेश श्रेष्ठ विजयी भए । क्षेत्र नं १ ख भक्तपुरमा नेमकिपाका सुरेन्द्रराज गोसाई भारी मतका साथ विजयी भए । भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकमा एमालेका किरण थापा विजयी भए । भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमिमा सता गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदबार डा राजेन्द्रमान श्रेष्ठ विजयी भए ।
 
यहाँ दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा भएको थियो । यी क्षेत्रमध्ये प्रतिनिधितर्फ नेमकिपा र कांग्रेसले एकएक सिट जिते । प्रदेशतर्फको चार वटा सिटमा भने नेमकिपा, काग्रेस, एमाले र नेकपा एसले एकएक सिट हात पारे । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.