मोरङ ४ मा माओवादीका अमनलाल मोदीको ह्याट्रिक

मोरङ ४ मा माओवादीका अमनलाल मोदीको ह्याट्रिक

विराटनगर : मोरङको निर्वाचन क्षेत्र नं. ४ बाट माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकाललाई भारी मतान्तरले पराजित गर्दै मोदी पुनः एकपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । 

उनले ३० हजार ६१२ मत प्राप्त गर्दा उनका प्रमुख प्रतिस्पर्धी एमालेका विनोद ढकालले २४ हजार ४६३ मत ल्याएका छन् । मोदीले ढकाललाई ६ हजार १४९ मतान्तरले पराजित गरेका हुन् । मोदीले यसअघि पनि सो क्षेत्रबाट २०७० को संविधान सभा र २०७४ को प्रतिनिधि सभाको चुनाव जितेका थिए । उनी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत हुन् ।

मोदीसँग पराजय व्यहोरेका ढकाल भने एमालेका केन्द्रीय सदस्य एवं मोरङका जिल्ला इन्चार्ज हुन् । लामो राजनीति अनुभव बटुलेर पनि कहिल्यै लाभको पदमा नपुगेका उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि भीम पराजुलीसँग पराजित भएका थिए । विराटनगरको मेयर पदका लागि भएको निर्वाचनमा कांग्रेसका पराजुलीले उनलाई भारी मतान्तरले पराजित गरेका थिए ।

त्यसअघि ढकालले मोरङको क्षेत्र नं. ७ बाट पनि चुनाव लडेका थिए । तर, कांग्रेसका डा. शेखर कोइरालाबाट पराजित बने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.