चिन्तारहित इङ्ल्यान्ड

चिन्तारहित इङ्ल्यान्ड

दोहा : खुट्टाको चोटका कारण इङ्लिस कप्तान तथा प्रमुख अट्याकर हेरी केनले विश्वकपअन्तर्गत अमेरिकाविरुद्धको खेल गुमाउने सम्भावना बढेको छ। तर, उनको अनुपस्थितिको चिन्ता प्रशिक्षक गारेथ साउथगेटलाई जति हुनुपथ्र्यो, त्यो चिन्ता उनलाई छैन। किनभने इङ्ल्यान्डले समूह ‘बी’को पहिलो खेलमा इरानलाई ६–२ गोलको नतिजामा पराजित गर्दा केनको गोल आवश्यक परेन।

पहिलो खेलमा ६–२ को सानदार जितसँगै विश्वकपको सुरुवात गरेको इङ्ल्यान्डले केनबाहेक पनि गोल गर्न सक्छ भन्ने देखाएको छ। त्यसैले पनि उनको अनुपस्थितिको चिन्ता प्रशिक्षक साउथगेटलाई कम छ।

इरानविरुद्धको खेलमा केनले दुई असिस्ट भने गरेका थिए। इरानविरुद्ध इङ्ल्यान्डका पाँच खेलाडीले गोल गरेका थिए। सन् २०१८ मा इङ्ल्यान्डका लागि विश्वकपभर ६ खेलाडीले गोल गरेका थिए। सोही संस्करणमा केनले गोल्डेन बुट पनि जितेका थिए। तर, इरानविरुद्धको खेलमा नौ खेलाडी गोलमा संलग्न भएका थिए। जुन सन् १९७४ मा युगोस्लाभिया र जाइरेबीचको खेलपछिकै सर्वाधिक हो।

प्रशिक्षक साउथगेट अमेरिकाविरुद्धको खेलका लागि केन फिट हुने आशमा छन्। अतिरिक्त खेलाडीका रुपमा मैदान पसेर प्रभाव देखाएका कालुम विल्सन साउथगेटको विकल्प बन्न सक्छन्। उनले सन् २०१८ को नोभेम्बरमा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमा एक गोलसमेत गरेका थिए। जुन अहिलेसम्म उनले राष्ट्रिय टिमबाट गरेको एक मात्र गोल हो।

इङ्लिस गोलरक्षक जोर्डन पिकफोर्ड पनि सबै पाएको मौकाको सदुपयोग गर्न सबै खेलाडी सक्षम रहेको बताउँछन्। ‘हाम्रा सबै खेलाडी प्रतिभावान छन्। पाएको मौका सदुपयोग गर्न उनीहरू सक्षम पनि छन्’, प्रशिक्षक पिकफोर्डले भने, ‘ इरानविरुद्धको खेलमा जब हेरी केनलाई ७० मिनेटमा प्रतिस्थापन गर्दै कालुम मैदान प्रवेश गरे, उनले साँच्चै राम्रो खेल खेले। उनले ज्याक ग्रिलिसको गोलका लागि असिस्ट दिएका थिए र निस्वार्थ भएर ग्रिलिसलाई पास दिएका थिए।’ उनले टोलीका सबै खेलाडीले प्रशिक्षणमा पनि राम्रो मेहनत गरिरहेको बताए। ‘सबैले ट्रेनिङमा एकदमै मेहनत गरिरहेका छन्। हामी सबैको एउटै लक्ष्य विश्वकप हो र विश्वकप जित्नकै लागि यहाँ आएका हौं’, उनले।

पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरीमा रोकिएको अमेरिकाले रक्षात्मक खेल खेलेको थियो। पिकफोर्डका विपक्षी गोलरक्षक म्याट टर्नरले मौकाको सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिनु परेको बताए। ‘हामीले सिर्जना गरेका अवसर सदुपयोग गर्न सकेनौं। विशेषगरी दोस्रो हाफमा धेरै आक्रमण गोलमा परिणत हुन सकेन्’, उनी भन्छन्, ‘फाइनल थर्डमा हामी छरितो हुन सकेनौं। विश्वकपमा गोल गर्ने सानो मौकाको पनि सदुपयोग गर्नुपर्छ। त्यसैले मलाई आशा छ, इङ्ल्यान्डविरुद्धको खेलमा हामी मौकालाई गोलमा परिणत गर्न सफल हुन्छौं।’ 

इङ्ल्यान्डले अमेरिकालाई ११ पटक पराजित गरेको छ। तर, ती कुनै पनि जित विश्वकपका भने होइनन्। सन् १९५० मा अमेरिकाले इङ्ल्यान्डविरुद्ध अप्रत्यासित १–० को जित निकालेको थियो। जुन विश्वकपमा हालसम्मकै अप्रत्यासित नतिजामध्ये एक हो। यी दुई टिमबीच पछिललो भेट सन् २०१० मा दक्षिण अफ्रिका विश्वकपमा भएको थियो। त्यो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

प्रभाव पार्न सक्ने खेलाडी 

बुकायो साका (इङ्ल्यान्ड)

इरानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका युवा फरवार्ड साकाले दुई गोल गरेका थिए। जुड बेलिङ्घमको गोलबाट अग्रता लिएको इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका साकाले त्यही गोलबाट इतिहास रचेका थिए। इङ्ल्यान्डका लागि विश्वकपमा गोल गर्ने २१ वर्ष वा त्यो भन्दा कम उमेरका दुई खेलाडी साका र बेलिङ्घम बनेका छन्।

अमेरिकाविरुद्ध फेरि गोल गर्न सके साका र बेलिङ्घम इङ्ल्यान्डका लागि विश्वकपका लगातार दुई खेलमा गोल गर्ने पहिलो खेलाडी बन्न सक्छन्। जुड बेलिङ्घम पनि गोल गर्न माहिर खेलाडी हुन् र उत्कृष्ट लयमा पनि छन्। तर, अमेरिकाविरुद्ध गोलको आशा भने धेरैले साकासँग राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.