कास्की ३(ख) मा कांग्रेसका बराल विजयी
पोखरा : गण्डकी प्रदेश प्रनिनिधिसभा कास्की ३ ख बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । बरालले नेकपा एमालेका उम्मेदवार राजीव पहारीलाई ४ सय ६५ मत अन्तरले पराजीत गरेका हुन् ।
कांग्रेसका उम्मेदवार बरालले १२ हजार ३६७ मत ल्याउँदा पहारीले ११ हजार ९०२ मत ल्याएका छन् । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदावर हरिराम भण्डारीले २ हजार ५६० मत पाएका छन् ।
कास्की ३ क मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भइसकेका छन् । कास्की ३ प्रतिनिधि सभा तर्फ एमालेका दामोदर बैरागी पौडेल निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !