झापामा माओवादी केन्द्रका पाँचै उम्मेदवार पराजित

झापामा माओवादी केन्द्रका पाँचै उम्मेदवार पराजित

झापा : २०७४ सालको आम निर्वाचनमा माओवादी केन्द्रले झापामा एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

त्यसभन्दा अघिका निर्वाचनहरूमा पनि माओवादीले जिल्लामा आफ्नो प्रतिनिधित्व जनाउँदै आएका थिए। तर, २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका पाँचै उम्मेदवार पराजित भएका छन्। 

माओवादीका एउटा पनि उम्मेदवारले जित हासिल गर्न नसकेपछि जिल्लामा माओवादीको नेतृत्व सङ्कटमा परेका छन्।  सत्ता गठबन्धनको साझेदारीमा भागबन्डा मिलेपछि झापामा माओवादी केन्द्रबाट एक जना प्रतिनिधिसभा र चार जना प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन्। 

एमाले परित्याग गरी माओवादीको चुनाव चिह्नबाट उठेका हरिकुमार राणा मगर झापा २ बाट प्रतिनिधिसभा सदस्यमा उठेका थिए। 

माओवादी नेतृ धर्मशिला चापागाईंले स्थान छाडेपछि राणाले ठाउँ पाएका थिए। झापा १ (२) मा माओवादीका श्यामवीर लिम्बु, झापा ३ (२) मा पूर्णसिंह राजवंशी, झापा ४ (१) झलकबहादुर मगर र झापा ५ (२) रेवतराज पुरी (गगन) प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए। 
झापा २ मा राणा तेस्रो भएका छन्। 

सो क्षेत्रबाट नेकपा एमालेका देवराज घिमिरे विजयी भएका छन्। घिमिरेले २८ हजार ६९७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४४१ मत ल्याएका थिए। राणाले १३ हजार ९२४ मत ल्याए। 

झापा १ (२) श्यामवीर लिम्बुलाई राप्रपाकी सनबिना बजगाईँले पराजित गरेका छन्। बजगाईँले १३ हजार ६१२ मत ल्याउँदा लिम्बुले १२ हजार २२५ मत ल्याए। 

झापा ३ (२)मा राजवंशी हराउँदै एमालेका छविलाल चुँडाल भारी मतान्तरले विजयी भएका छन्। चुँडाले १९ हजार ८७५ मत ल्याएकोमा राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन्। २०७४ सालको निर्वाचनमा राजवंशी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

त्यस्तै झापा ४ (१) प्रदेश १ का पूर्व कृषि मन्त्री झलकबहादुर मगर दर्लामीलाई  एमालेका राधाकृष्ण खनालले पराजित गरेका छन्। 

खनालले १३ हजार ९५१ मत ल्याएकोमा दर्लामीले १२ हजार ३७१ मत पाएका छन्। २०७९ सालको निर्वाचनमा दर्लामी त्यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

झापा ५ (२) मा पुरी एमालेका होमबहादुर थापासँग पराजित भएका छन्। थापाले २४ हजार (२) मत ल्याएकोमा पुरीले १७ हजार ३१५ मत पाएका छन्। पुरी २०७४ सालको स्थानीय तह निर्वाचन दमकमा पराजित भएका थिए। आफ्नै पार्टीको असहयोग र साझेदारी दलले समर्थन नगर्दा पराजयको स्थिति आएको माओवादीका एक जिल्ला नेताले बताए। 

‘पार्टीभित्रको आन्तरिक द्वन्द्व र मनमुटाव घातक साबित भयो,’ उनले भने, ‘आफ्ना उम्मेदवारलाई असहयोग गरी अन्य दलका उम्मेदवारलाई भित्री रूपमा सहयोग गर्दाको परिणाम यस्तो आयो।’  

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि माओवादीले जिल्लामा निराशाजनक परिणाम ल्याएको थियो। २०७४ सालको आम निर्वाचनमा राप्रपासँग बाम गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका माओवादीका सुरेन्द्रकुमार कार्कीले झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.