निर्वाचनको अघिल्लो दिन मेयर टिकट गुमाएका यादव प्रदेशसभामा निर्वाचित

निर्वाचनको अघिल्लो दिन मेयर टिकट गुमाएका यादव प्रदेशसभामा निर्वाचित

सिरहा : सिरहा क्षेत्र नं. ४ प्रदेशसभा (ख) बाट जनता समाजवादी पार्टी (जसपा)का मधेसप्रदेशका पूर्वमन्त्री सुरेशकुमार मण्डललाई हराउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामबाबु यादव निर्वाचित भएका छन्।

यादवले ९७६३ मत प्राप्त गरेका छन् भने मण्डलले ९३९८ मत ल्याएका छन्। 

प्रदेशसभामा निर्वाचित यादवले गत स्थानीय तह निर्वाचनमा चुनावको अघिल्लो दिनमात्रै टिकट गुमाएका थिए। उनी जसपाबाट कल्याणपुर नगरपालिकामा मेयरको टिकट पाएका थिए। उम्मेदवारी दर्ता गराएर प्रचारप्रसार गरिसकेका थिए। तर, पार्टीका आन्तरिक विवादका कारण उनले टिकट गुमाउनुपरेको थियो। 

जसपामा विवादका हुँदा त्यतिबेला दुईवटा समूहले छुट्टाछुट्टै टिकट वितरण गरेको थियो। मेयरका लागि यादव र प्रदीप साहले टिकट पाएका थिए। पछि साहले अदालतमा मुद्दा चलाएपछि आधिकारिकता साहले पाएका थिए।

२०७४ मा पनि स्थानीय तह निर्वाचनमा यादवले जसपाबाट मेयर चुनाव लडेका थिए। त्यतिबेला कांग्रेसका उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए। २०७९ मा जित्ने चर्चा थियो। तर, टिकट नै गुमाउनु परेकाले उनी लोसपामा प्रवेश गरी प्रदेशसभामा चुनाव लडेका थिए।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.