पाल्पा २ : प्रतिनिधिसभामा एमाले, प्रदेशमा कांग्रेस र माओवादी
तानसेन : पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा एमाले तथा प्रदेशमा कांग्रेस र माओवादी विजयी भएका छन्।
प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरे, प्रदेशसभा १ मा नेपाली कांग्रेसका वीरबहादुर राना, प्रदेश २ मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर विजयी भएका हुन्।
एमालेका गैरेले पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९ सय ६६ मतान्तरले पराजित गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १ सय ८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४ सय ८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५ सय १५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ५ सय १, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खडानन्द गैरेले २ सय, जनसमाजवादी पार्टीका देवबहादुर हिस्कीले १ सय १०, जनता समाजवादी पार्टीका दुर्पाता सामैले १ सय ९, नेपाल आमा पार्टीका ताराबहादुर खत्रीले ९९ ,स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ८८, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर दुख्वाले ३५ र स्वतन्त्र केशव बहादुर आलेले ७ मत पाएका छन्।
२०४८ देखी २०७९ सम्म भएका ७ वटा निर्वाचनमा ५ पटक एमाले २ पटक नेपाली कांग्रेस विजयी भएको छ। नेकपा एमाले २०५१, २०५६, २०६४, २०७४ र २०७९ मा निर्वाीचत भएको छ भने नेपाली कांग्रेस २०४८ र २०७० मा निर्वाचित भएको थियो। पाण्डेले २०७४ सालमा सोही क्षेत्र बाट निर्वाचन जितेका थिए।
प्रदेशसभामा १ मा नेपाली कांग्रेसका रानाले १६ हजार ३९ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याए।
प्राप्त मत परिणामअनुसार रानाले २ हजार ७५ मतान्तरमा विजयी भएका हुन्। प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन्। यस्तै घर चिह्नमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिह्नमा ७७ मत खसेको छ।
निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभामा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मगर विजयी भए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतले पछि पार्दै विजयी भएका हुन्। विजयी घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ओमबहादुरले १३ हजार ५१ मत प्राप्त गरे।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रपाणी पौडेलले ८ सय ९०, मंगोल नेशनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३ सय ७८ र राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३ सय ४५ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !