भक्तपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भक्तपुरमा  मोटरसाइकल  दुर्घटनामा चालकको मृत्यु

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमि ओरालोमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । 

दुवाकोटबाट पुरानो थिमितर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च. ४२९३ नं. को महेन्द्रा म्यासिमो गाडी विपरित  दिशाबाट जाँदै गरेको बा. १० प. ९५०८ नं. को मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका क्वाछें बस्ने २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको हो । 

फिसकवालाई उपचारका लागि मध्यपुर ठिमी अस्पताल भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका वडा न. ७ गोलमढी बस्ने  ३२ वर्षीय सिनल ग्वाछाको सोही अस्ततालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । 

गाडी चालक २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरी वृत थिमिमा राखिएको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.