सुन्तलाबाट लाखौं आम्दानी

सुन्तलाबाट लाखौं आम्दानी

पोखरा: वैदेशिक रोजगारबाट फर्केर देशमै केही गर्नु पछ भनेर सुन्तला खेतीमा लागेका पोखरा २१ दोपरेका किसान खिमलाल सुवेदी (नारायण) ले सुन्तला खेतीबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । 

भारतको केरालामा दुई वर्ष मरिचको खेती गर्ने ठाउँमा काम गरेपछि मेहनत गरे खेतीकिसानीबाटै राम्रो आम्दानी हुने अनुभब लिएर देश फर्केर २०४२ साल देखि व्यवसायीक सुन्तला खेती सुरु गरेका सुवेदीले सुन्तलाबाटै राम्रो आम्दानी लिदै आएको सुनाए । 

१३ रोपनी जमिनमा २ सय १५ सुन्तलाका बगैचामा यतिबेला सुन्तला बोटले नै धान्न नसक्ने गरी फलेका छन् । अहिले सम्मकै धेरै यसै वर्ष फलेकोले कति रुखका हाँखा नै सुन्तला धान्न नसकेर भाँचिएपछि टेको दिएको उनले सुनाए । सुन्तलाबाटै भएको आम्दानीले दुई छोरा र दुई छोरी पढाएर अहिले आफै गरिखाने बनाएको पनि उनले बताए । 

सुन्तला खेतीबाट २०७३ सालमा १९ टन उत्पादन हुँदा १४ लाख रुपैयाँ आम्दानी भएको उनले सुनाए । त्यसै वर्ष उत्कृष्ट किसान पुरस्कार स्वरुप सुबेदीले राष्ट्रपति पुरस्कार समेत पाएका थिए । त्यसपछिका वर्षहरुमा सिटस ग्रिनिङका कारण सुन्तलाको बोट टुप्पाबाट सुक्दै जाने समस्याका कारण बोट मर्न थालेपछि उत्पादन कम हुँदै गएको उनले बताए । 

हजुबुवाको पालै देखि घरमा खानकालागि सुन्तला रोपिएको थियो । यसैलाई मेहनत गरेर व्यावसायिक रुपमा खेती गरेको अवस्थामा रोगले बोट मर्न थाले पछि चिन्तित सुवेदी यस वर्ष अहिले सम्कै धेरै सुन्तला फलेपछि भने उत्साहित छन् । 

यस वर्ष अहिले सम्मकै धेरै २५ टन भन्दा धेरै नै सुन्तला आप्नो बगैचामा रहेको उनले सुनाए । यो हिसाबले १६ लाख सम्म आम्दानी हुने उनको विश्वास छ । सुन्तला बिक्री भएर ठेकेदारले पैसा भुक्तानी नगर्दा सम्म यती नै आम्दानी भयो भन्न भने नसकिने उनले बताए । 

किसानको साझा समस्या हुन यि उनले भने । किसानले समयमै मल नपाउने, खेती किसानीकालागि आवश्यक नयाँ प्रविधि र ज्ञान नपाउनु देशै भरिका किसानहरुको साझा समस्या रहेको पनि उनले सुनाए । 

देशमै केही गर्न सकिन्छ भनेर मेहनत गर्ने किसानलाई पनि यस्ता समस्याले दुखी बनाउने गरको उनले बताए । सुवेदीले घरमै आउने ग्राहकलाई पनि सुन्तला बिक्री गर्दै आएका छन् । धेरै लग्नेलाई घरबाटै ८० रुपैयाँ र थोरै लग्नेलाई किलोको १०० रुपैयाँमा बिक्री गर्ने गरेको उनले सुनाए । मसिना समेत मिलाई लग्नेलाई ५० देखि ६० रुपैयाँमा दिने गरेको सुवेदीले बताए । 

सुन्तलाको बगैचामा पोखरा २१ दोपरेका किसान खिमलाल सुवेदी (नारायण) ।

तीन वर्ष सम्म असिनाले गर्दा उत्पादन राम्रो भएन । यस वर्ष असिना पनि नपेरकोले सुन्तला उत्पादन राम्रो भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । सुन्तला बगैचा व्यवस्थापन अभियानको रुपमा लगातार ४ वर्ष सम्म प्रति बोट सयको दरले किसानलाई महानगरपालिकाले सहयोग गरेको पनि उनले बताए । 

यो सपोट २० हजार सुन्तला फल्ने बोटलाई सहयोग गरेको उनले सुनाए । त्यो हिसाबले ४ वर्षमा यो कार्यक्रम अन्तर्गत ६० लाख सहयोग गरेको बताए । यो कार्यक्रमले सुन्तलाकोबोट स्वस्थ राख्न र फल लाउन सहयोग गरेको उनले सुनाए । 

पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा सुन्तला राम्रो हुन्छ । यसै गरी वडा नम्बर २२ को खाल्से सुन्तलाको पकेट क्षेत्र हुन् । पोखरामा ३० हजार सुन्तलाको बाट उत्पादनशिल अवस्थाका छन् । १५० हेक्टरमा सुन्तला उत्पादनशिल अवस्थामा रहेको छ । 

२०३५/०४० साल सम्म पोखराको बजार क्षेत्र हेम्जा, मासबार, मालेपाटन बाटुलेचौर, लामाचोरमा  लगायतका क्षेत्रमा पनि राम्रो सुन्तला खेती हुन्थ्यो । मास्ठाना, भरतपोखरी लगायतका क्षेत्रमा पनि राम्रो उत्पादन हुन्थ्यो । ५० को दर्शकमा बजारको क्षेत्रमा सुन्तलाका बगान मरेको र ७० को दर्शकमा मास्ठाना, भरतपोखरी लगायतका क्षेत्रमा मासिदै गएको कडरियाले बताए । 

दक्षिण तर्फ फर्केका सुक्का क्षेत्र र कम उचाईका क्षेत्रका सुन्तलाको बोट मरेको उनले बताए । सिट्स ग्रिनिङका कारण सुन्तला रास भएकोले बोटको आयु लम्ब्याउने र नयाँ क्षेत्र बिस्तार गर्ने तर्फ लाग्नु पर्ने अवस्था रहेको उनले बताए । 

आर्थिक वर्ष २०७६/०७७ मा पोखरा महानगरपालिका क्षेत्रमा क्रिस्ती, निर्मलपोखरी, खाल्से, भरतपोखरी र अन्य केही स्थानमा भएको सुन्तला उत्पादनबाट ५ करोग ४० लाख बराबरको सुन्तला बिक्री भएको पोखरा महानगरपालिका कृषि महाशाखाको प्रमुख कडरियाले बताए । यस वर्ष ७ करोड बराबरको उत्पादन हुने आकलन गरको सुनाए ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.