सांसद बने पाल्पाका ठाकुर गैरे
तानसेन: ठाकुरप्रसाद गैरे नेपालको राष्ट्रिय राजनीतिका चर्चा कमाएका पाल्पाली हुन ।
देशको राष्ट्रिय राजनीतिमा स्प्रष्ट बक्ता, विभिन्न आन्दोलनमा अग्रपङतीमा रही नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका गैरे अहिले पाल्पा क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यमा जनताबाट अनुमोदित भएका छन ।
५४ वर्षको उमेरका उनी नयाँ जोश र उत्साहका साथ संसद प्रवेश गर्दै छन । गैरेले एक वर्ष अघिका आफ्नै सहकर्मी नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतले पराजित गर्दै संसदीय यात्रा सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !