दोलखाका १० विवादित केन्द्रमा पुनः मतदान हुने, मतदान केन्द्रका कर्मचारी कारबाहीमा

दोलखाका १० विवादित केन्द्रमा पुनः मतदान हुने, मतदान केन्द्रका कर्मचारी कारबाहीमा

दोलखा : निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाही गर्दै पुनः मतदान गराउने भएको छ। बैतेश्वर, तामाकोसी, सैलुङ र मेलुङका १० केन्द्रमा निर्वाचन निश्पक्ष नभएको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो। आयोगका अनुसार अब ती केन्द्रमा १५ गते बिहीबार मतदान हुनेछ। 

आयोगले खटाएको कर्मचारीसहितको जाँचबुझ समितिले त्यस क्षेत्रको स्थलगत भ्रमण र अध्ययन गरेको थियो। उक्त समितिको प्रतिवेदनमा बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत रूपमा बुथ कब्जा भएको र त्यसमा कर्मचारीको पनि कम्जोरी भेटिएको उल्लेख छ। उक्त प्रतिवेदनको आधारमा पुनः मतदान गराउने र मतदान केन्द्रमा खटिएका कर्मचारीहरूको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी आवश्यक कारबाहीका लागि आयोगमा पेश गर्न सचिवालयलाई निर्देशन दिने निर्णय भएको आयोगले जनाएको छ। 

सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको समिति जाँचबुझका लागि दोलखा गएको थियो। उक्त जाँचबुझ समितिले ७ वटा केन्द्रमा पुनः मतदान गर्नुपर्ने प्रतिवेदन बुझाएको छ। उता निर्वाचन अधिकृतको कार्यालयले भने ८ वटा केन्द्रमा निर्वाचन निश्पक्ष नभएको रिपोर्ट आयोगलाई दिएको थियो। तर, आयोगले दुवै प्रतिवेदन अध्ययन गरेर १० वटा केन्द्रमा मतदान गर्ने निर्णय गरेको हो।

समितिले दैलेखमा रहँदा निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदातासँग छलफल गरेको सहसचिव भट्टराईले बताए। सबैको कुरा सुनेर र स्थलगत अवलोकन गरेर प्रतिवेदन तयार पारी बुझाएको उनको भनाइ छ। प्रतिवेदन आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको थियो। प्रतिवेदन बुझाएकै दिन आइतबार नै आयोगले त्यस विषयमा निर्णय गरेको हो। 

यस्तै विवादित बनेका स्याङ्जा र बाजुराको रिपोर्ट आइनसकेकोले ती जिल्लाबारे निर्णय नभएको प्रमुख आयुक्त थपलियाले बताए। ‘अहिलेसम्म दोलखाको प्रतिवेदन मात्रै आएकाले हामीले यो विषयमा निर्णय गरेका हौं। अन्य समस्या भएका जिल्लाको प्रतिवेदन अएपछि हामी पुनः त्यस ठाउँमा के गर्ने भन्ने विषयमा निर्णय लिनेछौं,’ उनले भने। 

समितिको सिफारिसका आधारमा आइतबार आयोगले गरेको निर्णय अनुसार दोलखाको बैतेश्वर गाउँपालिका–६ बैतेश्वर मावि मतदान केन्द्र क, ख र ग मा पुनः मतदान हुनेछ। त्यस्तै सोही पालिका–२ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथसहित बैतेश्वरकै कालीढुंगा माविको क, ख र गमा अब पुनः मतदान हुनेछ।

एमाले दोलखाले सत्ता गठबन्धनले बुथ कब्जा गरेको भन्दै मतदान सम्पन्न भएकै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत आयोगमा ८ मतदानस्थलमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.