पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण
पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भएको छ।
एरो थाईको जहाजले मंसिर ५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ता क्यालिब्रेसन उडान गरेको थियो।
नियमित उडान सुरु हुनुअघि विमानस्थल प्राविधिक लगायत हरेक पक्षमा तयार रहे नरहेको प्ररमाणित गर्न क्यालिब्रेसन उडान भएको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए।
क्यालिब्रेसन उडान सकिएसँगै अबको ३ हप्तामा एरोथाई कम्पनीले यान्त्रिक क्षमता परीक्षण उडानको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिने छ।
त्यही प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरूले उडान र अवतरण गर्न सक्ने छन्। परीक्षण सफल भएसँगै वायुसेवा कम्पनीहरूले नियमित उडान गर्न सक्नेछन्।
प्रतिवेदन आएपछि विमानस्थलमा उडान गर्न कम्पनीहरूलाई आह्वान गर्नसक्ने छ। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरी १ देखि व्यवसायिक रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस !