चेतन ऐडीको हत्यारा पक्राउको माग गर्दै बाजुरामा रिलेअनसन

चेतन ऐडीको हत्यारा पक्राउको माग गर्दै बाजुरामा रिलेअनसन

बाजुरा : विद्यार्थी नेता चेतन ऐडीका हत्यारा पक्राउको माग गर्दै नेकपा एमालेले रिलेअनसन सुरु गरेको छ । एमाले कार्यकर्ताले अनेराश्ववियुका केन्द्रीय सदस्य ऐडीको  हत्यारा पक्राउ गरी कारवाहीको माग गर्दै रिले अनसन सुरु गरेका हुन्।

त्रिबेणी नगरपालिका -७ को नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा विवाद हुँदा नेपाली कांग्रेसका कार्यक्रताहरुले विद्यार्थी नेता ऐडीको घरमै गइ कुटपिट गरी विभत्स हत्या गरेको एमालेको आरोप छ।

हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै सदरमुकाम मार्तडीस्थित खुलामञ्‍चमा रिलेअनसन सुरु गरेको अनेरास्ववियुका नेता नरेश रोकायाले बताए। ऐडीको हत्या भएपनि घटनाका दोसीलाई प्रकाउ नगरेको भन्दै रिले अनसन सुरु गरेको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए ।

नेपाली कांग्रेसले कब्जा गरेका मतदान केन्द्रको पुन मतदान, विद्यार्थी नेता ऐडीको न्याएको माग, आन्दोलनका क्रममा पक्राउ गरिएका युवाहरुलाई रिहाइ गर्नुपर्ने लगायतका मागसहित रिलेअनसन सुरु गरेको सचिव थापाले बताए ।  

त्रिबेणी- ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप हुँदा सुरक्षाकर्मीले गोली लागेर २५ वर्षीय सञ्जिव ऐडीको  घटनास्थलमै मृत्यु भएको थियो।  सोही विषयलाईद लिएर विवादले चर्को रुप  लिएको थियो। सञ्‍जीव ऐडीको मृत्युपछि कांग्रेस कार्यकर्ताले ऐडीको घरमै गएर कुटपिट गरेका थिए। ऐडीको उपचारका क्रममा मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.