दोलखामा शान्तिपूर्ण पुनः मतदान : ५० प्रतिशत मात्र मत खस्यो

दोलखामा शान्तिपूर्ण पुनः मतदान : ५० प्रतिशत मात्र मत खस्यो

दोलखा : दोलखाको चार मतदान केन्द्रमा बिहीबार भएको पुनः मतदानमा करिब ५० प्रतिशत मत खसेको छ। मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।

सत्ता गठबन्धन दलले जिल्लाको आठवटा मतदान केन्द्रमा बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोपसहित मंसिर ४ गते साँझ नै नेकपा एमाले दोलखाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो। एमालेको उजुरीपछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली दोलखा पठाएको थियो। 

छानबिन टोलीको प्रतिवेदन तथा सिफारिसअनुसार आयोगले मंसिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई १५ गतेभित्र दोलखाको बैतेश्वर गाउँपालिका–२ को जनज्योति माध्यामिक विद्यालय मतदान केन्द्रको क र ख दुईवटा, वडा–३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख र ग तीनवटा, वडा–६ बैतेश्वर मावि मतदान केन्द्रको क, ख र ग तीनवटा तथा तामाकोसी गाउँपालिका–३ को हेल्थपोस्ट भवन जफे मतदान केन्द्रको क र ख दुईवटा गरी १० वटा बुथमा पुनः मतदान गर्न निर्देशन दिएको थियो। 

आयोगको निर्देशनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मंसिर १२ गते बैठक बसी मंसिर १५ गते बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो। चार मतदान केन्द्रमा ८ हजार ५१४ जना मतदाता रहेकोमा ४ हजार २५७ मत खसेको मुख्य निर्वाचन अधिकृत  श्रेष्ठले बताए। पुनः मतदान भएको चार मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न चार सय बढी सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ। मतदान केन्द्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा थियो। मतदाताहरूलाई अवरोध नहोस र अन्यत्रबाट गैरमतदाता नआउन् भनेर मतदान स्थलका गौडाहरूमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको चेकिङ राखिएको थियो। सेनाले मतदान केन्द्र आसपासका स्थानमा गस्ती गरेको थियो।

बैतेश्वर–२ गैरीमुदीको जनज्योति मावि पुतलीकाठ मतदान केन्द्रमा १ हजार ९३४ मतदाता रहेकोमा ९५५, वडा–३ कालीढुंगा मावि मतदान केन्द्र मिर्गेमा २ हजार ६६६ मतदाता रहेकोमा १ हजार २३८, वडा–६ बैतेश्वर मावि नाम्दु मतदान केन्द्रमा २ हजार ४७२ मतदाता रहेकोमा १ हजार २३४ र तामाकोसी–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रमा १ हजार ४८३ मतदाता रहेकोमा ८३० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बिहीबार साँझ  सर्वदलीय बैठक बसेर राति ९ बजेबाट प्रतिनीधिसभा र दुई प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको छ। आज बिहानबाट समानुपातिकको पनि गणना हुने मुख्य निर्वाचन अधिकृत  श्रेष्ठल बताए।

मतदान स्थल बाहिर सामान्य विवाद

बैतेश्वर–२ गैरीमुदी मतदान केन्द्र र तामाकोसी ३ जफे मतदान केन्द्रमा मतदानस्थल बाहिर विवाद भएको थियो। प्रदेश १ का गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदबार कुन्दनराज काफ्ले गैरीमुदी मतदान केन्द्रमा पुग्दा एमाले कार्यकर्ताहरूले ढुंगा प्रहार गरी गाडी तोडफोड भएको थियो । त्यस लगत्तै गठबन्धनका कार्यकर्ताहरूले तामाकोसी ३ जफे मतदान केन्द्रमा प्रदेश १ का एमाले उम्मेदवार नरबहादुर  श्रेष्ठलाई समेत  ढुंगामुढा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.