जन्मदिन मनाउने खर्च बालकालिकाको पढाईलाई

जन्मदिन मनाउने खर्च बालकालिकाको पढाईलाई

जाजरकोट: अमेरिकामा बसोबास गर्दै आएको जयन्ती थापाले जन्मदिन मनाउने खर्च बालबालिकाको पढाईलाई उपलब्ध गराएकी छन् । 

थापाले छेडागाड नगरपालिका-१३ कार्कीगाउँ चैतेटाकुराका चार दलित परिवारका बालबालिकालाई विद्यालय पोशाक, कापी, कलम, किताब, झोला,  जुत्तालगायतका सामाग्री सहयोग गरेकी छन् । 

थापाको जयन्तीको जन्म दिन विद्यालयका प्रधानाध्यापक गणेशकुमार बस्नेतले चार बालबालिकालाई थापाबाट प्राप्त सामग्री वितरण गरेका हुन् ।

चार वर्षदेखि आमा बुबा गुमाएका कार्कीगाउँ चैते टाकुराका प्रतिभा परियार, जय परियार, पुष्पा परियार र सन्तोष परियारको शैक्षिक विकासमा थापाले सहयोग गर्दै आएकी छन‍् ।

प्रतिभा नारायणी माध्यमिक विद्यालयको कक्षा १२, जय कक्षा ९, पुष्पा कक्षा ८ र सन्तोष कक्षा ६ मा पढ्छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.