१४ महिला स्वास्थ्य स्वयमसेविकालाई बिदाइ, १२ सम्मानित
मुगु : मुगुमा १२ जना उत्कृष्ट स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरिएको छ भने १४ जना उमेर हदका कारण बिदाइ गरिएको छ।
मातृ तथा शिशु स्वास्थ्य परियोजना लागु भएका चार स्थानीय तहका २२ वडाका १२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई नगद ८ हजारका दरले सम्मान गरिएको छ। जिल्लाका २ सय १६ मध्ये ६० वर्ष उमेर पुगेका १४ जनालाई नगद २० हजारसहित बिदाइ गरिएको हो।
कोरिया इन्टरनेशनल करर्पोरेसन एजेन्सी (कोईका) र गुड नेर्वस इन्टरनेशनलको आर्थिक सहयोगमा चार स्थानीय तहमा परियोजना लागू भएको छ।
मासिक प्रतिदन, नियमित आमा समूहको बैठक, पोषण तथा खोपका बारेमा समुदायमा गरेको उल्लेखनीय कामका आधारमा सम्बन्धित स्थानीय तहले छनौट गरी सिफारिस गरेका नगदसहित मायाको चिनोले सम्मान गरिएको थियो।
जिल्ला स्वास्थ्य कार्यालयले उमेर हद पुगेका १४ जना स्वयमसेविकालाई नगद २० हजार र सम्मानपत्रका साथ बिदाइ गरिएको प्रमुख उमेश गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !