पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास

पोखरा : अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिनदेखि सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ। 

विमान दुर्घटना भइहालेको अस्थामा कसरी तत्कालै उद्धार गर्ने भन्नेमा केन्द्रित रहेर अभ्यास गरिएको हो। 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेकोले कुनै घटना भइहाले समयमै उद्धार गर्न सक्ने गरी तयारी रहन फुलस्केल इमरजेन्सी एक्सरसाइज गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवक्ता अनुप जोसीले जानकारी दिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०२३ को जनवरी १ तारिखदेखि सञ्चालन गर्ने निर्णय गरेर तयारी गरेको हो। विमानस्थल सञ्चालनको पूर्वतयारी स्वरूप आपतकालीन उद्धार अभ्यास गरिएको हो। 

इन्टरनेशल सिभिल एभियसन अर्गनाइजेसनको नियम अनुसार नै एयरपोर्ट इमरजेन्सी प्लान तयार भइसकेको र त्यही डकुमेन्टमा पेश भएर १२० दिनदेखि निरन्तर तयारीमा रहेको पनि उनले बताए। 

विभिन्न सरोकारवालासँग बैठक बस्ने, फिल्ड भिजिट गराउने, अन्तरक्रिया गर्ने र इमरजेन्सी अवस्थामा कसरी हेन्डल गर्ने भन्ने अभ्यास गरिएको उनले सुनाए। 

उक्त डकुमेन्टले बिभिन्न १३ वटा इमरेजन्सी अवस्था आउन सक्छ भन्ने किसिमले वर्गीकृत गरेको छ।  शुक्रबार अलट वान अन्र्तगत रहेर अभ्यास गरिएको जोशीले जानकारी दिए। अलट वान भनेको एयरक्राफट एक्सीडेन्ट अन एयरपोर्ट भन्ने हुन्छ। यो भनेको एयरपोर्ट परिसरबाट ४ किलोमिटर क्षेत्र भित्र भएका कुनै पनि हवाई दुर्घटनालाई अलट वान भनिने पनि उनले बताए। 

यस बाहेकका अन्य अवस्था पनि आउन सक्छ। एयरपोर्टभन्दा ४ किलोमिटर भन्दा टाढा पनि विमान दुर्घट्ना हुन सक्छ। यस्तै जहाज उडीरहेको बेलामा पनि इमरजेन्सी अवस्था आउन सक्छ। जहाजमा बम थ्रेटका कुरा, हाइज्याक लगायत विभिन्न अवस्था पनि आउन सक्छन्। 

न्यूनतम जनधनको क्षति हुने गरी  दुर्घटनालाई नियन्त्रणमा ल्याउन र एयरपोर्ट बेलैमा पुन सञ्चालनमा ल्याउनेमा केन्द्रित रहेर यो अभ्यास गरिएको छ। 

जनवरी १ देखि विमानस्थल सञ्चालनका लागि कार्यालयहरू नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा सारिसकेको विमानस्थलका प्रमुख बिक्रम गौतमले जानकारी दिए। 

आवश्यक तयारी पूरा भइसकेकोले जनवरी १ देखि विमानस्थल सञ्चालनमा आउने पनि उनले बताए। अन्तर्राष्ट्रिय उडान भर्न अलजजीरा, थाइ लगायतले चासो देखाएको उनले सुनाए। 

पोखरा पर्यटकीय सशहर भएकाले पनि अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलमा विदेशीको चासो निकै भएको पनि उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.