बाहिरिएको रकम क्रमशः प्रणालीमा

बाहिरिएको रकम क्रमशः प्रणालीमा

काठमाडौं : लामो समयदेखि लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरूलाई अब सहज हुन थालेको छ। बैंकबाट चाडपर्व, चुनावलगायतमा बाहिरिएको रकम प्रणालीमा भित्रिन थालेकाले पनि निक्षेपमा सुधार देखिएको हो। यससँगै लगानीयोग्य पुँजी (तरलता)मा सहज भएपछि कर्जा क्षमता पनि बढेको छ। 

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकले पछिल्लो सातामै (मंसिर तेस्रो साता) करिब १२ अर्ब रुपैयाँबराबरको निक्षेप बढाएका छन्। निक्षेप बढेसँगै बैंकिङ प्रणालीमा कुल ४५ खर्ब ७३ अर्ब रुपैयाँ रकम संकलन भएको छ । यसअघिको साता अर्थात् मंसिर दोस्रो साता पनि ४ अर्बले निक्षेप बढ्दा कुल ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको थियो। तर, मंसिर पहिलो सातामै ५ अर्ब ४७ करोडले निक्षेप घट्दा कुल ४५ खर्ब ५८ अर्ब रुपैयाँमा सीमित हुन पुगेको थियो।

चाडपर्व र चुनावका बेला महिनामै अर्बौं रुपैयाँ बैंकिङ प्रणालीबाट बाहिरिएको थियो। चुनावका बेला मात्रै करिब ५० अर्ब रुपैयाँ पैसा बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको थियो। तर, अहिले सो रकम क्रमशः बैंकिङ प्रणालीमा आइरहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेल बताउँछन्। ‘चुनावमा बाहिरिएको करिब ५० अर्ब रुपैयाँ अब बैंकमा भित्रिने देखिन्छ। सबै नआए पनि अब ४० अर्ब हाराहारीमा भित्रिएर निक्षेप सुधार हुने अवस्था छ।,’ पोखरेलले भने। 

पछिल्लो समय १४ महिनापछि मुलुकबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा अर्थात् शोधनान्तर बचतमा गएपछि बैंकिङ प्रणालीमा पनि निक्षेप बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन्। चुनावको बेलामा बाहिरिएको पैसा पनि प्रणालीमा भित्रिएकाले निक्षेपमा सुधार देखिएको उनको भनाइ छ। ‘शोधनान्तर बचतमा गएपछि तरलतामा पनि केही सहज हुन्छ।’ डा. भट्ट भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.