रसियाकी लैला र ताइपेइका हाङलाई आइटीएफ जे–५ टेनिस उपाधि
पोखरा : पोखरामा सम्पन्न आइटीएफ जे–५, सर्किट २ अन्तर्गत महिला तर्फको प्रतियोगितामा रसियाकी लैला आक्मेतोवाले र पुरुष तर्फ ताइपेइका के हाउहाङले उपाधि जितेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजना र नेपाल टेनिस संघको सहयोगमा पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ हङले अमेरिकाकाहानु पटेललाई ‘रिटायर्ड हर्ट’मा पराजितगर्दै विजयी भए।
दोस्रो सेटको खेलमा १–० ले पछि परेका हाङले स्वास्थ्यमा आएको खराबीका कारण खेल छाडेका थिए। पहिलो सेटको खेल हाङले ६–४ ले आफ्नों पक्षमा पारेका थिए।
महिलातर्फको फाइनलमा रसियन खेलाडी आक्मेतोवालले भारतकी दुर्गान्सी कुमारलाई ६–१, ६–१ ले पराजित गरिन्। प्रतियोगितामा विजयी खेलाडीहरुले आइटीएफको महत्वपूर्ण ३० अंक पाएका छन्।
त्यसैगरि दोस्रो भएका पुरुष तथा महिला खेलाडीले १८ अंक जोडेका छन्। पुरुष तर्फ भारतका बंशनन्दल र महिलातर्फ भारतकी काइरा सिद्धार्थले दोस्रो स्थान हाँसिल गरेका थिए।
विजयी खेलाडीहरूलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले मेडल प्रमाण–पत्र प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !