विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य

विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य

रौतहट : सदरमुकाम गौरमा रहेको  एक आधारभूत विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन्।

श्री आधारभूत विद्यालयमा डेस्कबेन्च छैन। कक्षा १ देखि ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थी जाडोमा  त्रिपाल ओछ्याएर पढ्न बाध्य छन्।

कक्षाकोठामा शिक्षक बस्ने कुर्सीसमेत नहुँदा शिक्षकहरू समेत समस्यामा रहेका छन्। सो विद्यालयमा ५ सय १० जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक गणेश राय यादवले बताए। 

विगत ८ वर्ष देखि विद्यालयमा अध्यायपन गराउँदै आएकी पुनम कुमारी निधिले आफू कार्यरत समयदेखि नै विद्यालयमा भौतिक पूर्वाधारको कमी रहेको बताइन्। 

विद्यार्थीलाई बस्न डेस्कबेन्च, शिक्षकहरूलाई बस्न कुर्सी, कक्षाकोठाको झ्याल ढोका, शौचालय, स्वच्छ खानेपानी लगायतको समस्या रहेको शिक्षिका निधिले बताइन्। 

विद्यालयमा भौतिक पूर्वाधारसहित तत्काल डेस्कबेन्च उपलब्ध गराउन नगरपालिकासँग माग गरिएपनि बेवास्ता गरेको वडाध्यक्ष जनार्दन शाहको भनाइ छ।

आफ्नो वडाको बजेटमार्फत विद्याल भवन निर्माण गरेपनि डेस्कबेन्च अभावका कारण विद्यार्थीहरू भुइँमै बसेर पढ्दै आएको वडाध्यक्ष शाहले बताए। 

नगर प्रमुख शम्भु शाह, निमित्त प्रशासकीय अधिकृत सुभाष ठाकुरसँग डेस्क बेन्चको माग गरेपनि चासो नलिएको वडाध्यक्ष शाहले गुनासो गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.