मर्मतको पर्खाइमा तेल दल्ने पुल

मर्मतको पर्खाइमा तेल दल्ने पुल

दोलखा : तेल दल्ने इतिहास बोकेको दोलखाको विगु र गौरीशंकर गाउँपालिकाको सिमानामा रहेको जामुनेको झोलुंगे पुलका एक्ला रखवाला बलबहादुर खड्का यसको मर्मत र संरक्षणको पर्खाइमा छन्।

‘अहिले यो पुल नजिकै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सडकमा पक्की पुल भएकोले यो खासै चल्तीमा छैन तर यसको ऐतिहासिकता जोगाउन पनि मर्मत आवश्यक छ,’ पुलका रखवाला स्थानीय खड्काले भने।

खारे र बुलुङ जोड्ने यो पुल झन्डै २० वर्ष अघिसम्म दोलखाको उत्तरी भेगका आधा दर्जन गाविसका मानिसको प्रमुख मार्ग थियो। तर, अहिले तामाकोसी आयोजनाको सडकसँगै पक्की पुल बनेकाले तेल दल्ने इतिहाससँग सम्बन्धित झोलुंगेपुलबाट मानिस हिँड्न छाडेको खड्काको भनाइ छ।

मानिसलाई आवतजावत गर्न समस्या भए पछि समाजसेवी प्रयागराज पण्डितले २००३ सालमा रामेछाप ठोसे मेक्चनको फलाम खानीबाट काँचो फलाम ल्याई व्यक्तिगत लगानीमा पुल निर्माण गरेको खड्काले बताए।

जामुनेमै आरन बनाइ स्थानीय मजदुरको प्रयोगमा काँचो फलामबाट पुल निर्माण गरिएको झन्डै २५ वर्षसम्म तेल दल्ने गरिएको जानकारी भएको खड्काले बताए। पण्डितले पुलको संरक्षण र हरेक वर्ष तेल दल्न आफ्नो जग्गामा निजी गुठीसमेत बनाएका थिए।

गुठीको जग्गा कमाउने क्रममा २०२७ सालमा जामुने आएको बलबहादुरले बताए। पण्डितले विभिन्न ठाउँबाट मानिस ल्याएर आफ्नो जग्गामा गुठी बनाएको र त्यसको आम्दानीबाट पुलको संरक्षण तथा प्रत्येक वर्ष तेल दल्ने गरेको स्थानीयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.